"Helping People To Fight Against Poverty"

Call Us

01-5104360
026 522 523

Our Location

Tallo Kopchey, Dhankuta
Subidhanagar, Kathmandu

तालिमले ल्यायो महिलामा जागरण

मानिसको मेहनत र निरन्तर प्रयासले ठुलो ठुलो समस्याहरुको समाधान गर्न सकिन्छ । केवल त्यसको प्रयोग उचित तथा ठिक ठाँउमा गर्न जान्नुपर्छ । यसैको उदाहरणको रुपमा लिन सकिन्छ हिमचुली महिला केन्द्र की सदस्य पवित्रा खड्का । उनी भन्छिन् “शुरुमा सल्भ–नेपालको सहयोगमा नमूना खेती भनी प्रदर्शनीको रुपमा उनको वारीमा केहि वन्दा लगाई दिएको थियो । तर यसबाट सोचे जस्तो सपफ्लता पाउन सकिएन । पछि पफ्रेी सल्भ–नेपालले दिएको धनिया र लामो बोडी लगाउँदा ज्यादै राम्रो उव्जाउ भयो । त्यस उन्नत जातको रु १०।– को बोडीले रु ५००।– कमाए मलाई धेरै खुृसी लाग्यो ।” उनी अगाडी भन्छिन “यस्तै प्रकारको बिउहरु समय समयमा लाउन सके २५ रुपैयाँको २५ सय रुपैयाँ कमाउन सकिने रहेछ ।” तरकारी खेतीबाट धेरै पफइदा हुन थालेपछि छोराहरु पनि स्कुलबाट आएपछि सहयोग गर्न थाल्छन् । यस काममा श्रीमानले पनि उत्तिकै मद्दत गर्छन । तरकारी लगाउन अलिअलि जाने तापनि प्राविधिक ज्ञान भने थिएन । यस कार्यका लागि सल्भ–नेपालले हामीलाई धेरै सहयोग गरेको छ । सल्भको प्राविधिक कर्मचारी आएर हामीलाई वाली लगाउने विधिहरु सिकाउनु हुन्छ । यसले गर्दा हामीलाई धेरै उव्जाउन सहयोग गरेको कुरा उनी व्यत्तफ् गर्दछिन् । यसको लागि म सल्भ–नेपाललाई धन्यवाद दिन चाहन्छु । शुरुका दिनहरुमा सासु ससुराबाट छुट्टिएर अलग्गै वसे पछि के गर्ने र कसरी जिवनको शुरुवात गर्ने विषयमा धेरै कठिनाई परेको थियो । कति दुःख र कष्ट भोगियो । मरेर काम गर्दा पनि ज्याला थोरै पाउने त्यसमा पनि जस कहिले नपाउने हुन्थ्यो । कति दिनहरु त खोले खाएर पनि विताएका कुरा उनी भन्ने गर्दछिन् । अहिले उनीसंग २/४ लिटर दुध दिने एउटा भैसी छ । भैसीको दुध वेचेर केही आय घर भित्राउछन् उनका श्रीमान राम व. खड्का भन्दछन् “सल्भ–नेपालबाट बनाएको समुहले वीउँविजन तथा समय समयमा दिइने सुभफव सल्लाहले गर्दा हामीमा धेरै परिवर्तन आएको छ । राम्रो प्रकारको वीउँ तथा सहुलियतमा दिएको वीउँविजनले हामी कृषकहरुलाई धेरै ठूलो सहयोग गरेको छ ।” अहिले उनले समूहका जमानीमा सल्भ–नेपालवाट रु. ५०००।– ऋण लिई २ ओटा खसी किनेका छन् । केही रकमले तरकारीको विउ लगाएका छन् । सहुलियत दरमा व्याज चलाउन पाउँदा थप प्रेरणा मिलेको कुरा उनी व्यत्तफ् गर्दछिन् । साहू महाजनकोमा ऋण माग्दा धितो राख्नुपर्ने त्यसपनि चर्को व्याजदरले भासिदै जाने डर हन्थ्यो । तर यस कार्यत्रफ्मले बिना धितो सरल व्याजदरमा ऋण पाउँदा हामी जस्ता गरीवहरुको दिन खुलेको कुरा उनी व्यत्तफ् गर्दछिन । सल्भले आयोजना गरेको सीपमूलक तालिम अन्तरगत “आलु चिप्स र अदुवा केन्डी बनाउने” ७ दिने तालिम लिएकी पवित्राले आपफ्लुे यस पाली अदुवा राम्रो उत्पादन गरेकोमा अब सीप प्रयोग गर्ने कुरा व्यत्तफ् गर्दछिन् ।