“अब त बोल्न त्यति डर लाग्दैन् । चाहिदो कुरामा वोल्न पनि डरायो भने आपफ् ुपछि परिदो रहेछ, केही नजान्ने भइदो रहेछ ।” आफ्नो आत्मवल बढाउनु छ भने चाहिदो कुरा वोल्न र राख्न सक्नु पर्ने रहेछ । यो भनाई हो श्रीमति रुपा दाहालको । उनी सल्भ–नेपाल, धनकुटाले संचालन गरेको शान्ति स्थापनाका लागि पछाडी पारिएका समुदायहरुको अवशर विस्तार कार्यत्रफ्म अन्तर्गत गठित हिमचुली महिला केन्द्रकी संयोजक हुन् । शुरुमा बोल्न अति डर मान्ने अनि कसैले प्रश्न सोध्यो भने त रातो न पिरो अनुहार बनाउने रुपा आज निर्धक्क आफ्नो कुरा राख्न थालेकी छिन् । उनी भन्छिन् “आफ्नो विद्यार्थी जिवनमा साथी भाईहरुसंग हास्थे वोल्थे त्यस्तो लाग्दैन थियो । तर सरले सोध्नु हुदाँ उठ्न पनि डर लाग्थ्यो शिर लुकाएर वस्थे अनि वोल्न पर्दैन थियो । एस.एल.सी. नसक्दै विवाह भयो । भफ्न बुहारी भएपछि धेरै वोल्न हुदैन होला भनी सोधेको जवापफ् दिन्थे मात्र सोध्न भने डर लाग्थ्यो ।” समूहमा आवद्ध नभएकी रुपा समूह किन चाहिन्छ भन्ने पनि थाहा थिएन । अरु साथीहरु समूहको वैठकमा गएको भनी सुन्दा कस्तो हुन्छ होला जस्तो लाग्ने गर्थ्यो । तर उनको घर आगनमा नै २०६१ पफल्गुणमा सल्भको कर्मचारी आई समूह वनाउनु पर्छ भन्दा धेरै खुशी भएकी उनी व्यत्तफ् गर्छिन् । उनी अगाडी भन्छिन् “सल्भको कर्मचारीले नाम टिप्दै आउनु भयो । मैले पनि हत्तपत्त मेरो नाम टिपाए । पछि सवै भेला गराई समूह बनाउनु भयो । मेरो नाम पनि समूहमा पर्दा मलाई ज्यादै खुशी लाग्यो । सल्भको सरले परिचय गर्न लगाउनु हुदाँ डराई डराई आफ्नो नाम भनेको सम्भिफ्दा आपफ्लौई लाज लाग्छ ।” समूहको महत्वको वारेमा सल्भले ७ दिने तालिम समूहलाई दिएपछि समूहले अहिले उनलाई संयोजक पदमा राखेका छन् । अहिले उनले सल्भद्वारा आयोजित समूह व्यवस्थापन तािलम, महिला कानूनी जागरण तालिम आदि लिई सकेकी छिन् । यी तालिमहरुले उनलाई धेरै हौसला मिलेको छ । वोल्न सक्ने भएकी कारण अहिले उनलाई घर परिवारले पनि सहयोग गर्न थालेका छन् । यसै त्रफ्ममा उनकी सासु भन्नुहुन्छ “समूहमा वसेको ८ महिनामा धेरै वाठी भएका छन् हाम्री वुहारी आजकल त सिक्ने कुरामा वढि चासो देखाउछे ।” उनको श्रीमान्ले पनि सल्भद्वारा संचालित जेण्डर तालिममा भाग लिएपछि घरको काममा सहयोगी बनेका छन् । समूहको हरेक त्रिफ्याकलापमा चासो लिन थालेका छन् । सल्भले दिएको वीउँ विजनहरु दुवै मिलि राम्रोसंग लगाएका छन् । श्रीमति तालिममा वा वैठकमा जानु पर्दा छोरा हेर्ने तथा घरको काममा श्रीमानले सघाउनु हुन्छ । प्रत्येक वैठक र तालिममा भएका विषयहरुमा श्रीमतिसंग वसेर छलपफ्ल गर्ने गरेको कुरा पनि रुपाले भन्नु विर्सनु भएन । उनको श्रीमान् भन्नु हुन्छ “हामी पुरुषहरुका लागि पनि जागरुक वनाउने तालिम सल्भ–नेपालले गरिदिए घरको अन्य काममा पनि सघाउ पुग्ने थियो” आपफ्लुाई अगाडी वढाउनु छ भने आफ्नो मन दह्रो पार्नु पर्ने रहेछ । अव सीप लघु वित्त कार्यत्रफ्मबाट पाउने ऋणले खसी पाल्ने र केही रकम तरकारी खेतीमा लगाउने सोच उनको रहेको छ । जागिर नभएपनि मिहेनत गर्ने अनि छोरीको भविष्य राम्रो बनाउने सोच उनीहरुको रहेको छ । साथै २५ जना रहेको समूहलाई पनि सहयोग दिदै/लिदै जाने उनी वताउछिन् । समूहका अन्य २४ साथीहरुको पूर्ण सहयोग मिले अवश्य उनको समूहलाई सपफ्लता तिर लैजान सकिन्छ भन्ने सोच उनको रहेको छ ।