"Helping People To Fight Against Poverty"

Call Us

01-5104360
026 522 523

Our Location

Tallo Kopchey, Dhankuta
Subidhanagar, Kathmandu

गर्न सके गाउँमा नै छ विदेश

कमाई खान विदेश र मुग्लान लाग्नु पर्छ भन्ने सोचाई भएका मानिसहरु अहिले आफ्नै गाउँमा पर्याप्त कमाउन थालेका छन् । आपफ्लुाई खान लाउन अरु कसैकोमा ऋण काट्नु पर्ने समस्याबाट मुत्तफ् भएका छन् । खेतीपाती हुन सक्दैन भन्ने सोच यहाँका मानिसहरु आज आफ्नै वारीबाट तरकारी खेती गरेर आय आर्जन गर्न पाउदाँ मख्ख पर्न थालेका छन् । वर्षको १/२ वाली मात्र लगाउने मानिसहरु आज वर्षेनी तरकारी खेती गर्न थालेका छन् । यो घटना कुनै वनावटी कथा होईन । यो घटना हो धनकुटा जिल्ला छिन्ताङ्ग गाउँ विकास समिति वडा नं.–४, कोङ्गलाङ्ग टोलको । एकदुई वर्ष अघि पाखो जग्गा भनिने यो ठाउँका मानिसहरु अहिले तरकारी खेती गरेर आपफ्लुाई चाहिदो कमाउन थालेका छन् । यसै सन्दर्भमा स्थानीय वासी टंक बहादुर राई भन्नुहुन्छ ः– “म अहिले ४४ वर्षको भए । मेरो ५ रोपनी जग्गा मात्र छ । जग्गा भए तापनि मकै र कोदो मात्र हुने भएकोले म खान र लाउन भारी वोक्थे, अरुको चाकडी गर्थे । तर अहिले भने आफ्नै जग्गामा टमाटर, कोवी, मूला र अन्य खेती गर्न थालेको छु । पहिले पनि यस्ता वीउँ नलगाएको भने होईन, तर आफ्नै पुरानो तरिकाले गर्दा राम्रो उव्जाउ हुदैन थियो । केहि समय अघि सल्भ–नेपालबाट आएका भाईले हामीलाई तरकारी खेती गर्ने प्राविधिक ज्ञान दिएपछि एक पटकमा २/३ हजार कमाउँन थालेको छु । त्यो भाईले सिकाई दिएपछि आधा दाममा हामीलाई केहि टमाटर, कोवी, बन्दा र मुलाको वीउँ दिए । त्यो वीउँबाट राम्रो उव्जाउ भएपछि अहिले अरुपनि खेती गर्न थालेको छु । अहिले मेरो वार्षिक आम्दानी ४० देखि ५० हजार रुपैयाँ हुन्छ होला । जानेर लगाउन सके तरकारी खेतीबाट धेरै पफईदा हुनेरहेछ ।” यस गाउँमा राई जातीको बसोवास धेरै मात्रामा रहेको छ । सल्भ अन्तर्गतको महिला समूह गठन गरेको १ वर्ष भयो । समूहको नाम कोङ्गलाङ्ग महिला समूह भनेर राखेका छन् । यसमा १५ घरधुरी सदस्य रहेका छन् । “पहिला अन्दाज कै भरमा आफ्नै तरिकाले वीउ लगाउथ्यौं । टमाटरलाई वाँवियो र चोयाँले बाध्थ्यौं । त्यसो गर्दा विरुवामा दाँग लाग्ने तथा काटिने भएको हुदाँ पफ्ल त्यति नलाग्ने रहेछ । तर सल्भको कर्मचारीले हामीलाई नमूना खेती प्रदर्शन गरेर देखाएपछि अहिले आएर प्लाष्टिकको डोरीले खुकुलो गरेर वाध्छौं । त्यसो गर्दा विरुवा राम्रो भई पफ्ल पनि राम्रो लाग्ने रहेछ । सल्भले हाम्रो गाउँमा सिचाईका लागि पुग्ने पानी गाउँ सम्म ल्याई दिएपछि पर्याप्त मात्रामा तरकारी खेती लगाउन थालेका छौं । तरकारी बजारसम्म लैजानलाई ढुवानी पनि भएकोले अहिलेको कमाई राम्रै छ ।” यो भनाई हो स्थानीयबासी मातृका राईको । उनले विदेश जाने प्रयासमा धेरै पैसा खर्च भएपछि गाउँमा नै आएर खेतीपाती शुरु गरेका छन् । गाउँमा नै अरुको तरकारी पनि किनेर केही नापफ राखी बजारमा बेच्ने गर्दछन् । उनी अगाडी भन्छन् “ हाम्रो गाउँमा तरकारी खेती गर्ने सम्भावना नै थिएन । खाने पानी त बोकेर ल्याउनु पर्थ्यो । तर सल्भ–नेपालले सिचाईका लागि सहयोग गरेपछि मूहानबाट पाइप लगाई पानी ल्याएर खान र सिचाई गर्न थालेका छौं । पानी संरक्षण गर्न ट्याङ्की बनाउन सिमेन्ट सल्भले सहयोग गर्‍यो भने वालुवा र ढुगां हामीले ल्यायौ । अहिले सिचाई सुविधा भएकोले पर्याप्त तरकारी खेती गर्न पाएका छौं । कमाउन भनेर पैसा खर्च गरेर विदेश जान खोज्थे, तर गर्न सके त गाउँमा नै विदेश रहेछ नी !”